नेपाल पर्यटन बोर्डले स्थानीय तह चुनावका दिन काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ।
बोर्डले हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको हो।
नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ। यसका लागि ३ वटा रुट छुट्याएको छ। सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्नेछ।
रूट १ः
एअरपोर्ट - एनएसी - होटल अन्नपूर्ण - होटल याक एण्ड यति - ठमेल चोक - लैनचौर चोक - शंकर होटल - एम्बासडर होटल - एअरपोर्ट।
रूट २ः
एअरपोर्ट - होटल - र्याडिशन - सांग्रिला होटल - नारायण गोपाल चोक - महाराजगंज चोक - हायात रिजेन्सी - चाबहिल चोक - होटल द्वारिका - एअरपोर्ट।
रूट ३ः
एअरपोर्ट - तीनकुने चोक - होटल एभरेष्ट - माइतिघर चोक - होटल हिमालयन - होटल सोल्टी - ग्रान्ड होटल - एअरपोर्ट।
सम्पर्कका लागिः
भरत प्रसाद तिमिल्सनाः ९८५१२३७३०२
केदारनाथ कट्टेलः ९८५१०७७४६८
मिलन नेपालः ९८५११४८०५७
प्रल्हाद लोहनीः ९८५१०९३९९८