बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंककालाई २० प्रतिशतसम्मको विशेष छुट व्यवस्था गरिएको छ।
छुट उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। होटल एशियातिक्वले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ।
हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको छ।