काठमाडौंमा रहेको अक्टिभ रेष्टुरेन्टले 'फुडी च्यालेन्ज' गर्दैछ। नेपालका आठ युवा भ्लगरहरूलाई सहभागी गराएर यो च्यालेन्ज गर्ने भएको हो।
अक्टिभकी परियोजना संयोजक एलिसिया सर्टम्यानका अनुसार भ्लगरहरूले आफ्नो सामाजिक सन्जालमा अक्टिभको प्रचार सामाग्री राखेर आफ्ना अनुयायीहरूलाई अक्टिभमा जान र आफूहरूलाई भोट गर्न भन्नेछन्।
सर्टम्यानका अनुसार अक्टिभले हजार रूपैयाँ भन्दा धेरै खर्च गर्ने ग्राहकलाई एउटा भोटिङ कार्ड दिनेछ। जसमा ग्राहकहरूले एकजना भ्लगरलाई भोट गर्न सक्नेछन्। धेरै मत ल्याउने भ्लगर र भ्लगरलाई भोट हाल्ने ग्राहकबाट एक जनालाई अक्टिभले थाइल्याण्ड घुमाउने सर्टम्यानले बताइन्।
सर्टम्यानले कोरोना महामारीमा मन्द भएको रेष्टुरेन्ट व्यवसाय चलायमान बनाउन यो योजनाले सहयोग पुग्ने बताइन्।
नेपालमा लकडाउनका कारण लामो समयसम्म पर्यटन तथा होटल, रेष्टुरेन्ट व्यवसाय ठप्प भएको थियो। अहिले सामान्य बन्दै गएको समयमा ग्राहक बढाउन विभिन्न होटल तथा रेष्टरेन्टले प्रचार तथा सहुलियत योजना ल्याइरहेका छन्।