नेपालमा लोकप्रिय ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ। यो पिज्जामा सेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ तेल ड्रिजलको प्रयोग गरिन्छ।
पिज्जा हटले यो सान फ्रान्सिस्को शैलीको पिज्जा तीन सय ८९ रूपैयाँ तोकेको छ। यसको भेज (साकाहारी) र ननभेज (मांसाहारी) दुवै स्वादमा उपलब्ध छ।
यो पिज्जा बनाउन सावर डो (फर्मेन्ट गरिएको पिठो)को प्रयोग गरिन्छ जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र मिठो स्वाद दिन्छ।
विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरूको माग बढ्दै गइइरहेको समय सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ। काठमाडौंका ग्राहकहरूले कुनै पनि उपलब्ध खाना डेलिभरी गर्ने वेबसाइटमार्फत डेलिभरीको लागि अर्डर गर्न सक्छन् भने रेस्टुरेन्टमै गएर पनि खान सकिन्छ।
पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्धारा जारी गरिएका सबै नियम, प्रोटोकलहरू र दिशा-निर्देशहरूलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरूको सुरक्षाको लागि पालना गरेको छ। यो पिज्जा २४० डिग्री तापक्रममा पकाइन्छ, जसले सबै भाइरसहरूलाई मार्छ।