सरकारले ग्रामीण पर्यटन र होमस्टे प्रवर्द्धन गर्ने भएको छ। पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामका रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आवद्ध गराउँदै यसलाई प्रवर्द्धन गर्ने भएको हो।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्। उनले पर्यटकीय स्थल र वस्तुको विविधीकरण गर्दै पर्यटन क्षेत्रमा रोजगारी वृद्धि, विदेशी मुद्रा आर्जन, र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिने बताइन्।
एकीकृत पर्यटकीय पूर्वाधार र उच्च मूल्यउक्त पर्यटन विकासको प्रवर्धनमा स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्ने विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
नीतिअनुसार मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गरी प्रवर्द्धन गरिने र सांस्कृतिक पर्यटन प्रर्वद्धन गरिनेछ। साथै, नेपालको इतिहास कला, संस्कृति एवम् मौलिक विशेषता समेटिएको वृहत संग्रहालय स्थापना गरी पर्यटकीय आकर्षण वृद्धि गरिनेछ।
ताप्लेजुङ-दार्चुलाको ग्रेट हिमालयन ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिइनेछ।