अनलाइन बजार दराजले 'प्राउड्ली नेपाली- प्रमोटिङ नेपाली ब्रान्ड' नामक नयाँ अभियानको घोषणा गरेको छ। कम्पनीको उक्त अभियान शुक्रबारदेख सुरू भएको छ।
विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई बजार दिन र प्रवर्द्धन गर्नको लागि यस अभियानको मुख्य लक्ष्य रहेको दराजले बताएको छ। अभियान दराजको मूल मूल्यमान्यता 'अपलिफ्अटिङ कम्युनिटी थ्रु द पावर अफ कमर्स' अन्तर्गत पर्छ।
कम्पनी यतिबेला आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्दैछ। दराजले 'प्राउड्ली नेपाली एक वान टाईम' अभियान एक पटकको मात्र नभई दीर्घकालीन परियोजना रहेको बताएको छ, जुन हरेक महिना जारी हुनेछ।
यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्छ। यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ।
फुलु, जुआस, सिजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा लगायत उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरूको बारेमा थप जानकारी दिनेमा कम्पनीले विश्वास राखेको छ। यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको बताइएको छ।
अभियानको मुख्य सन्देशलाई नेपाली ब्रान्डहरू प्रवर्द्धन गर्ने, थप विस्तार गर्ने, दराजले एफएनसिसीआई र एसएडब्लुएफसँग मिलेर एक रणनीतिक इकोसिस्टम बनाउन सफल भएको छ।