गर्मी मौसममा बढ्दो तापमानसँगै डेंगु र मलेरिया जस्ता रोगहरूको खतरा पनि बढिरहेको छ। मलेरिया र डेंगु सामान्यतया लामखुट्टेको टोकाइबाट संक्रमित हुने रोगहरू हुन्। र, गर्मी मौसममा यी लामखुट्टेहरू अझ धेरै सक्रिय हुन्छन्।
विशेषगरी मनसुनको समय लामखुट्टेहरूको लागि अनुकूल समय हो। साथै, मनसुनमा मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ। जसकारण पानीजन्य र लामखुट्टेबाट सर्ने रोगहरूको जोखिम अझै बढ्छ।
त्यसैले, यो मौसममा आफू र आफ्नो परिवारलाई घरमा सुरक्षित राख्न निकै आवश्यक छ। आफ्नो जीवनशैलीमा सानो परिवर्तन र दैनिक जीवनमा राम्रो स्वच्छताको अभ्यासहरू पालना गरेमा लामखुट्टेबाट हुने सबै रोगहरूबाट सुरक्षित भई घरमा ढुक्कले बस्न सकिन्छ।
यी हुन् लामखुट्टेबाट सर्ने रोगहरूको रोकथाम गर्ने केही उपायहरूः
- घर वरिपरि पानी जम्मा हुन नदिने। विशेषगरी मनसुनको समयमा वर्षाको पानी विभिन्न ठाउँमा जम्मा हुन्छ र ती ठाउँहरू लामखुट्टेको प्रजनन स्थल बन्छन्। त्यसैले नियमित घर भित्र र घर बाहिर जमिरहेको पानी फाल्ने र सफा राख्ने गर्नुपर्छ।
- बिहान र साँझ घरका सबै ढोका र झ्यालहरू बन्द राख्ने। झ्याल र ढोकाहरूमा जाली राख्दा अझ उचित हुन्छ। यसरी लामखुट्टेलाई घर भित्र प्रवेश गर्न बाटो नै नदिए पछि डेंगु र मलेरियाबाट सुरक्षित रहन सकिन्छ।
- गुडनाइट गोल्ड फ्ल्यासको प्रयोग गर्ने। यो लामखुट्टे विकर्षक परिवारलाई लामखुट्टेबाट सुरक्षित राख्ने सबैभन्दा सजिलो उपाय हो। यसमा भएको फ्ल्यास भेपरले घरमा लुकेका सबै लामखुट्टेहरूलाई भगाउँछ। यो बच्चाहरू भएको घरमा प्रयोग गर्ने पनि निकै सुरक्षित छ।