सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सपिङ गर्ने पाँच जना भाग्यमानी ग्राहकले हेलिकप्टरमार्फत गोसाइँकुण्ड दर्शन गर्ने अवसर प्राप्त गरेका छन्।
सेल्सबेरीले आमाको मुख हेर्ने दिन (माता तीर्थ औंशी)को अवसरमा यो अफर ल्याएको थियो। आमालाई गोसाइँकुण्ड दर्शन गराउने लक्ष्यसहित सेल्सबेरीले यो अफर ल्याएको हो।
जिना घिमिरे, स्वर्णम जोशी, शैलेस सुवेदी, स्मिता पाण्डे र दिल सिंजापतीले टिकट जितेका छन्। जिना घिमिरेले बत्तीस पुतली ब्रान्चबाट, स्वर्णम जोशीले लोकन्थली शोरुमबाट, शैलेस सुवेदीले मूलपानी स्टोरबाट, स्मिता पाण्डेले मध्येबानेश्वर स्टोर्सबाट र दिल सिंजापतीले बसुन्धरा स्टोरबाट सपिङ गरेका थिए।
सेल्सबेरीको केन्द्रीय कार्यालय सातदोबाटो उपस्थित भई एक साताभित्र उपहार टिकट लिन बिजेताहरूलाई सेल्सबेरीले आग्रह गरेको छ। आमाको मुख हेर्ने दिनको अवसरमा सेल्सबेरीमा सपिङ गरी ‘फोन पे’बाट भुक्तानी गर्ने ग्राहक मध्येबाट ५ जनाले लक्की ड्रका आधारमा यो अवसर प्राप्त गरेका हुन्।
सेल्सबेरीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै समय-समयमा अफरहरू ल्याउँदै आइरहेको र आमा औंशीको अवसरमा ल्याइएको अफरमा ग्राहकको उत्साहजनक सहभागिता रहेको सेल्सबेरीका प्रमुख व्यवसाय अधिकारी चेतनारायण पौडेलले जानकारी दिए।
गत वैशाख ५ देखि १७ गतेसम्म यो अफर लागु भएको थियो। कार्यक्रममा बोल्दै फोन पेका क्याम्पियन हेड बर्षा भट्टले डिजिटल पेमेन्टलाई जोड दिन यो अफर ल्याइएको बताइन्।