भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेनभोल्टज जेनेरेटर नेपाली बजारमा बिक्री थालेको छ।
भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ।
विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो रहेको कम्पनीको दावी छ। २५ किलोदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यो जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ।
यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
सिपिसिबी २ सम्बन्धि उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउँने कम्पनीको दाबी छ।