देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टसले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकमहरू हस्तान्तरण गरेको छ।
यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजारभन्दा बढी निर्माण कर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्तर्रक्रिया कार्यक्रम संचालन गरेको थियो। सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूलाई हस्तान्तरण गरेका हो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको लागि शिवम् सिमेन्टले निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरू को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरूका निर्माणकर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गराएको छ।