भक्तपुरको दरबार क्षेत्र नजिकै करिब एक सय वर्ष पुराना अग्राख (साल) का काठ प्रयोग गरेर बुटिक होटल सञ्चालनमा आएको छ।
विगत एक दशक देखि पर्यटन व्यवसायमा संग्लग्न सुरेन्द्र प्रजापतिले करिब ८ करोड रूपैयाँ लागानी गरेर भक्तपुर दरबार क्षेत्रस्थित खौमा चोकमा ईन्द्रायणी बुटिक होटल एण्ड क्याफे सञ्चालनमा ल्याएका हुन्।
भक्तपुरको मुटु मानिने खौमा क्षेत्रमा ५ आना क्षेत्रफलमा रहेको होटलमा १९ वटा रूम रहेको पर्यटन व्यवसायी एवं सञ्चालक प्रजापतिले बताए।
प्रजापतिका अनुसार होटलमा ४० जना क्षमता रहेको सेमिनार हल, रेष्टुरेष्ट, बार, रूपटप गार्डेन छन्।
‘होटल पूर्ण रूपमा निमार्ण सकिएलगत्तै कोरोनाको कारण होटल सञ्चालन हुन पाएको थिएन।
कोराना कम भएसँगै होटल पूर्ण रूपमा सञ्चालनमा आएको हो’, सञ्चालक प्रजापतीले जानकारी दिए।
भक्तपुर घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गरि रेष्टुरेण्ट सञ्चालनमा ल्याएको भन्दै उनले बाह्य पर्यटक बिस्तारै आउन थालेको जानकारी दिए।
आन्तरिक पर्यटकका लागि न्युनतम ३ हजार रूपैयाँमा एक रात र बिहानको नास्ता पाइने व्यवसायी प्रजापतिले बताए।
होटल एक सय वर्ष भन्दा पनि पुरानो कलात्मक बुट्टेदार परम्परागत काष्ठकला प्रयोगगरि नेवारी परम्परा झल्किने गरि निमार्ण गरिएको छ।
८ करोड रूपैयाँ लागत रहेको होटलमा एकै पटक ५० जनाले सेवा पाउनसक्नेछन्।