आर्थिक वर्ष २०७८/०७९ मा २४.७२ प्रतिशतले आयात बढेको छ।
गत आर्थिक वर्ष २०७७/०७८ मा १५ खर्ब ३९ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। आर्थिक वर्ष २०७८/०७९ मा भने १९ खर्ब २० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
विभागको तथ्यांकअनुसार सो आर्थिक वर्षमा निर्यात पनि ४१.७४ प्रतिशतले बढेको छ। गत साउनदेखि असारसम्म २ खर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ। आर्थिक वर्ष २०७७/०७८ एक खर्ब ४१ अर्बको निर्यात भएको थियो।
आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न मुलुकसँग १७ खर्ब २० अर्ब रूपैयाँ बराबरको व्यापार घाटा छ। सो आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रूपैयाँको भएको विभागको तथ्यांकले देखाएको छ।
वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४३ प्रतिशत छ भने आयातको हिस्सा ९०.५७ प्रतिशत छ। सो आर्थिक वर्षमा आयात हुनेमा सबैभन्दा बढी डिजेल छ। एक वर्षमा डिजेल एक खर्ब ६८ अर्ब रूपैयाँ बराबरको १७ लाख ५४ किलोलिटर आयात भएको विभागको तथ्यांकले देखाएको छ।
त्यस्तै, सबैभन्दा बढी निर्यात हुनेमा पाम आयल छ।