एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्।
उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो।
ढकाल यसअघि उद्यमीका रुपमा चर्चित व्यक्ति हुन्। उनीसँग २४ वर्ष भन्दा बढी सफल उद्यमशीलताको अनुभव छ। ढकालले अमेरिकाको ओराकलसर्नर कर्पोरेशनबाट व्यवसायिक यात्रा थालेका हुन्। नेपाल फर्केपछि उनी सफल उधमी बने।
उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे।
उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमासमेत कार्यरत थिए।
एफवान सफ्टमा आवद्ध भएसँगै उनले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा कम्पनीको छ।
एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर उत्पादन तथा बिक्री गर्दै आएको छ।