हिताचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ। आज कम्पनीका अधिकृत डिलर र युनिभर्सल इलेक्ट्रोकमका प्रतिनिधिहरुलगायतको उपस्थितिमा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेर यस्तो घोषणा गरेको हो।
कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको हो। उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युमक्लिनर समावेश छन्।
कार्यक्रममा हिताचीका रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो।
हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ।
ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह सेवा पनि दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नयाँ प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरीयता सुनिश्चित गर्ने दावी गरेको छ।
रमेश कर्पकाकार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालकाहाम्रा सबै ग्राहककालागि गुणस्तरीय उत्पादनलाइनअप र बिक्रीपछिको सेवा सुनिश्चितगर्न कडाइका साथकामगर्नेछौं।’
हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन तथा गुणस्तरीय सेवामार्फत नेपालको घरेलु उपकरणको बजारलाई बलियो बनाएको उनले बताए।
रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो।
उक्त कार्यक्रममा एएचएसजीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविनथाम उपस्थित थिए।