भारतले केही समय अघि चिनी र गहुँको निर्यातमा रोक लगाएसँगै आयात गर्न नपाइरहेको निजी क्षेत्रले अब भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएर आयात गर्न पाउने भएका छन्।
मन्त्रालयले साउन २८ गतेसम्म यी वस्तु आयात गर्न चाहने उद्योगी/व्यवसायीलाई आवेदन दिन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
भारतले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएपनि उसको विशेष स्वीकृतिमा मात्रै आयात गर्न पाउने व्यवस्था रहेकाले मन्त्रालयले पहल गर्ने भएको हो।
भारतबाट चिनी र गहुँ आयात गर्न चाहने उद्योगी÷व्यवसायीले सरकारले तोकेको ढाँचामा विवरण खुलाई आवेदन दिन आग्रह गरिएको छ।