नेपालको अनलाइन बजार दराजमा अहिले ‘दराज मल फेस्ट’ चलिरहेको छ।
यस फेस्टमा ग्राहकहरूलाई प्रिमियम सपिङको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
दराज मलका प्रमुख युयुत्सव सुवेदीका अनुसार यसमा आकर्षक सुविधाहरू दिइएको छ। यस बजारले छनोट गरेका सामानहरू अरूभन्दा गुणस्तरीय र प्रिमियम खालको हुने उनी बताउँछन्।
'काठमाडौं दराज हो भने राम्रो र गुणस्तरीय सामान किन्न तपाईंहरू विभिन्न मलहरूमा जानुहुन्छ होला। त्यसरी नै गुणस्तरीय सामान किन्न तपाईंहरू दराज मलमा आउँदा हुन्छ,' उनले भने, 'यसले प्रिमियम सपिङ अनुभव गराउन काम गरिरहेको छ।'
उनका अनुसार दराजमा १५ हजारभन्दा बढी व्यापारीहरूले सामान बिक्री गर्छन्।
ती सबै व्यापारीले बेच्ने सामानहरू के-कति गुणस्तरका हुन् भन्न नसकिने हुँदा दराज मलले छुट्टै एउटा टोली बनाएर गुणस्तरको ट्याग लगाउने गरेको प्रमुख सुवेदीले बताए।
'सामान्य रूपमा किन्नुभएको सामानमा भन्दा दराज मलबाट किनेको सामानमा चाहिँ यो १०० प्रतिशत गुणस्तरीय हो भनेर दराजले आश्वस्त पार्छ,' उनले भने, 'यसमा अरू सुविधा पनि पाउनुहुन्छ।'
यसमा १४ दिनभित्र सामान फिर्ता पनि गर्न मिल्ने उनले बताए। अरूबाट किनेको भए चाहिँ सामान फिर्ता गर्ने सुविधा नभएको उनले बताए।
दराज मलको सामान हो भनेर चिन्न कम्पनीले ट्याग लगाएको हुन्छ। कुनै पनि सामानमा 'मल फेस्ट'को ट्याग लगाएको हुन्छ।
‘यो ट्याग देख्नुभयो भने ढुक्क भएर किन्न सक्नुहुन्छ। किनभने हाम्रो टिमले डेढ लाखभन्दा बढी सामानहरूमा कुनकुन सामान गुणस्तरीय हो भनेर छान्छ,’ उनले भने।
यो फेस्ट २१ अगस्टमा सकिने कम्पनीले जनाएको छ।