भारतीय रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यसपालीको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले गोेदरेज होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्नेछन्।
यो अफर भदौ ९ गतेदेखि समिति अवधिका लागि नेपालभर पाइने कम्पनीले बताएको छ।
गोदरेजको सामान खरिदमा ग्राहकले २६ प्रतिशत सम्मको अधिकतम छुट पाउने छन्। यसका साथै अन्य आकर्षक उपहारहरू पनि राखिएको छ।
फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै छ केजी वासिङ पाउडर र टप लोड वासिङ मेसिन खरिदमा आकर्षक छुट पाइन्छ। साथै तीन केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाइने कम्पनीले बताएको छ। त्यस्तै सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा दुई केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाइने छ। माइक्रो ओभन, रेफ्रिजेरेटर, एअरकुलर, छोटुकुल, चेस्टफ्रिजरलगायत सामग्री किन्दा पनि आकर्षक छुट पाइन्छ।
एसीमा आकर्षक छुट र चार हजार रुपैयाँ बराबर को निःशुल्क एसिजडान सुविधा कम्पनीले उपलब्ध गराउँछ। फ्रि डेलिभरीको व्यवस्थाका साथै शून्य प्रतिशत फाइनान्स सुविधा पनि उपलब्ध छ।
कम्पनीका सोरुमहरू काठमाडौं उपत्यकाको टङगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार,बसुन्धरा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन।