सिन्धुपाल्चोकको तातोपानी सुख्खा बन्दरगाह ट्रान्स सिल्क टर्मिनलले सञ्चालन गर्ने भएको छ।
कम्पनी र समितिबीच उक्त बन्दरगाह पाँच वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्न करार सम्झौता भएको हो।
करार सम्झौता बमोजिम सो कम्पनीले पाँच वर्षको लागि ११ करोड ७० लाख रुपैयाँ समितिलाई बुझाउनु पर्नेछ। र नियमानुसार महशुल बाँडफाँट गरिने छ।
उक्त बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि सो सुख्खा बन्दरगाहमार्फत हुने व्यापार चुस्त, छिटो छरितो र किफायती हुने विश्वास समितिले लिएको छ।
यसअघि साे बन्दरगाह नेपाल पारवहन तथा गोदाम व्यवस्थापनले सञ्चालन गर्दै आएको थियो। उक्त सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनको लागि टर्मिनल मेनेजमेन्ट कम्पनी छनौट गर्न समितिले बोलपत्र आह्वान गरेको थियो।
उक्त सूचना बमोजिम फ्याल्स फ्रेट लजिष्टिक, भ्याली टर्मिनल जेभी काठमाडौं, ट्रान्स नेपाल जेभी विराटनगरको आवेदन परेको थियो।
त्यसमध्येबाट प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त गर्नेमा ट्रान्स नेपाल जेभी विराटनगरको परेको थियो।