सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दसैंतिहारलाई लक्षित गरी 'जति किन्यो त्यति नै पायो धमाका अफर' ल्याएको छ। सेल्सबेरीले फोनपेको सहकार्यमा यो अफर सार्वजनिक गरेको हो।
यो योजनामा फोनपे क्युआरमार्फत भुक्तानी गर्ने ग्राहकबाट ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना तथा 'सर्प्राइज' ४ जनाले सामान किनेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने सेल्सबेरीले जनाएको छ।
साथै पाँच जना विजेताले एक लाख बराबरको निःशुल्क किनमेल गर्ने बम्पर पुरस्कार पाउनेछन्।
विजेताको छनोट फेसबुक लाइभमार्फत गरिने सेल्सबेरीले जनाएको छ।
यो योजना असोज ८ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।
योजनामा संलग्न हुन ग्राहकहरूले सेल्सबेरीका विभिन्न शाखाहरू तथा सेलवेज पोखराका शाखाहरूमा किनमेल गर्दा फोनपेमार्फत भुक्तानी गर्नुपर्नेछ।