खाद्य संस्थानले दसैंका लागि खसी–बोका र च्याङग्रा बेच्न सुरू गरेको छ।
संस्थानका अनुसार १८ सय खसी-बोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी छ। अहिले पनि खसी-बोका, च्याङ्ग्रा ल्याउने क्रम रहेको संस्थानका सिइओ मोहन प्रकाश दाहालले जानकारी दिए।
संस्थानले च्याङ्ग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँ र खसी-बोका ६ सय ७० रुपैयाँमा बेचिने उनले जानकारी दिए।
उनका अनुसार काठमाडौं भित्रिने खसी-बोका र च्याङ्ग्रा खाद्य संस्थान, थापाथलीबाट बिक्री वितरण भइरहेको छ।
तस्बिरहरू: