दसैंलाई लक्षित गरेर कोकाकोला नेपालले मास्टर-सेफ सन्तोष साहसँग मिलेर दसैं विशेष ५ वटा परिकारका रेसिपीहरू तयार गरेको छ।
दसैंमा विशेष खाइने परिकारहरू सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ।
सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरू दसैंका लागि अत्यन्तै उपयुक्त हुने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार कोकाकोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपीका भिडिओ हेर्न सकिनेछ। त्यस्तै कोकाकोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी भिडिओ उपलब्ध हुनेछन्।
उपभोक्ताले आफूले बनाएको परिकारका भिडिओ कोकाकोला नेपाल र सन्तोष साहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न पनि सक्नेछन्। यसरी भिडिओ राख्नेमध्ये ३ जना विजेताले सन्तोष साहसँग भेट्ने मौका पनि पाउन सक्ने कम्पनीले जनाएको छ।
उक्त सहकार्यको बारेमा बोल्दै मास्टर-सेफ सन्तोष साहले भने, 'दसैंको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरूको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोकाकोलासँग मिलेर दसैंमा खाइने ५ विशेष परिकारको रेसिपी यहाँँहरूलाई दिँदैछु। यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरू पनि थपेको छु। आशा छ, यहाँँहरूले पनि आफ्नो प्रियजनहरूसँग यो रेसिपी बनाउनु हुनेछ र सँगै बसेर रमाइलो गर्दै खानु हुनेछ। यसरी यी परिकार बनाएको भिडिओ चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला।'
यस्तै कोकाकोला नेपालका कन्ट्री-डाइरेक्टरआदर्श अवस्थीले भने, 'नेपालीहरू आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ। त्यसैले उहाँहरूका लागि मास्टर-सेफ सन्तोष साहसँग मिलेर दसैं विशेष परिकारहरूको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौं। हामीलाई आशा छ, उहाँहरूले पनि परिकारहरू बनाउनु हुनेछ र चिसो कोकाकोलासँग स्वाद लिनुहुनेछ।'
कोकाकोलाले यो वर्षको आफ्नो दसैं क्याम्पेनको एउटा भागको रूपमा मास्टर-सेफ सन्तोष साहसँग सहकार्य गरेको हो।
'सम्बन्ध उत्सव स्वादसँग' थिम राखिएको यो क्याम्पेनले दसैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ।