नेपाल–इटाली उद्योग बाणिज्य संघले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने भएको छ।
नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच सोमबार बसेको द्विपक्षीय बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानी बारे छलफल भएको थियो।
इटालियन राजदूत भिन्सेन्जो डे लुकाले इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको बताए।
एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको जानकारी दिए।
उनका अनुसार जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिइएको छ।
एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्र्घन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ।
बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत श्री भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो।