नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ।
नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने ‘द चाइनिज रेष्टुरेण्ट’ शुरू गरेको हो।
सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि.ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको हो।
आईतबार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लो प्रा.लि.का अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भए पनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताए।
उनले यसअघि पनि नाङ्लो प्रा.लि.ले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताए।
‘नाङ्लो ग्रुपले पुनः द चाइनिज रेष्टुरेण्ट शुरु गर्दैछौँ। नाङ्लो प्रा.लि.१९७६ मा स्थापना गरेका हौँ। त्यो बेला सानो क्षमताको रेष्टुरेण्ट नै शुरु गरेका थियौँ। हामीले पछिल्ला दिनहरुमा ५ सय सिट क्षमताको रेष्टुरेण्टसम्म सञ्चालन गर्यौं’, उनले भने, ‘यो रेष्टुरेण्टमा ५४ सिटको क्षमता छ। दरबारमार्गमा रहेको छ। इण्डो चाइनिज खाना यहाँ धेरै पाइन्छ। इण्डो चाइनिजसँगै स्वेचन खाना पनि हामी यहाँ उपलब्ध गराउनेछौँ।’
रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाएको छ। अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यहीँ अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए।