सेल्सबेरी डिपार्टमेन्ट स्टोरले यस वर्ष पनि 'ब्ल्याक फ्राइडे' अफर सार्वजनिक गरेको छ।
कम्पनीले प्रथम पटक रिटेल चेनमा गत वर्ष उक्त अफर सार्वजनिक गरेको थियो।
यो अफर ग्राहकहरू माझ लोकप्रिय भएको भएकाले यस वर्ष पनि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यो अफर नोभेम्बर ११ देखि १८ सम्म लागु हुनेछ।
यो अफरअन्तर्गत सेल्सबेरीले टिभी, फ्रिज, वासिङमेसिन लगायतका आन्य घरायसी सामानहरूमा ५० प्रतिशतसम्मको छुट दिन लागेको जनाएको छ।
उक्त अफर सेल्सबेरीका विभिन्न शाखाहरू तथा पोखरा सेल्सवेजका शाखाहरूमा लागु हुने समेत कम्पनीले बताएको छ।