एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर 'फुटबल हंगामा' नामक योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टिसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै, टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन्।
ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नुपर्ने बताइएको छ।
यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
टिसिएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो।
नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजिइओएल रहेको छ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकरूलाई सिजी डिजिटल शोरूम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।