टिभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरूमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ।
खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ।
कम्पनीका अनुसार यो क्यास ब्याक अफर स्टेडियम कम्स होम, एलजीको टिभीहरूका लागि मात्र हो।
यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन्।
ग्राहकहरूले यी टिभीहरू देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताकोमा गएर खरिद गर्न सक्नेछन्।
'एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ। यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो जहाँ हामी हाम्रा ग्राहकहरूले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौं,' एलजी नेपालका ब्रान्ड म्यानेजर मुकेश बैठाले भने।
३५% सम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, शून्य प्रतिशत आकर्षक इएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने कम्पनीले बताएको छ।