सिजी ब्राण्डले चलिरहेको वर्ल्डकप २०२२ को उपलक्ष्यमा ग्राहकहरूको लागि विशेष योजना लिएर आएको छ।
कम्पनीका अनुसार विशेष फुटबलप्रेमी ग्राहकहरूका लागि उत्कृष्ट वर्ल्डकप अनुभव लिनका लागि सिजीका टिभिहरूमा ५० हजार ९०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ।
यस विशेष योजनाको लाभ उठाई ग्राहकहरूले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराइको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ।
कम्पनीले नेपालकै एकमात्र 'गुगल–सर्टिफाइड टिभी' बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरूले विशिष्ट फुटबल हेराइको आनन्द लिन सक्ने कम्पनीले बताएको छ।
उत्कृष्ट पिक्चर क्वालिटी लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सिजीसँग फुटबल प्रेमीहरू वर्ल्डकपको पूर्ण मजा लिन सक्नेछन्।
साथै, नयाँ ५० हजार ९०० रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरूमा ग्राहकहरूको पहुँच झनै सरल र सहझ हुने कम्पनीले जनाएको छ।
सिजी ब्राण्डका टिभीहरू २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरूका साथै एन्ड्रोएड टिभीहरू सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टिभी उपलब्ध छन्।
हरेक सिजी टिभीहरूमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरू पनि रहेका कम्पनीले बताएको छ।