नोबेल मेडिकल कलेज तेस्रो पटक सर्वाधिक आयकर तिर्ने संस्थाको रूपमा सम्मानित भएको छ।
डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ।
११औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित भएको हो।
कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो। यो भ्याट र टिडिएस बाहेकको रकम हो।
नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिँदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
उपाध्यायले भने 'सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको विषय हो' डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप ऊर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाई कायम राख्नेगरी काम गर्ने बताए।
नोबेल मेडिकल कलेज विराटनगर यस अघिपनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रबाट सार्वाधिक आयकर तिर्ने संस्थाको रूपमा सरकारबाट सम्मानित भइसकेको छ।