नेपाली सिने जगतका महानायक राजेश हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी-लुलु एक्सचेन्ज र ई-सेवा मनी ट्रान्सफरको निम्तोमा आउँदो शुक्रबार युएई जाने भएका छन्। हमाल ई-सेवा मनी ट्रान्सफरको टोलीसँग त्यहाँ प्रस्थान गर्न लागेका हुन्।
युएई प्रस्थान पश्चात, २६ नोभेम्बरमा हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा पाल्नुहुने रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।
हमाल युएई पुगेर विशेषत ई-सेवा मनी ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियान प्रवर्द्धन गर्नेछन् र विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन्।
हमाल ब्राण्ड एम्बेसेडरको रूपमा ई-सेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका छन् र सक्रिय रूपमा देश तथा विदेशमा 'मेरो डिजिटल देश' अभियानको प्रवर्द्धनमा क्रियासिल रहेका छन्।
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान हो।
विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट ई-सेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा ई-सेवा वालेटमा पैसा भित्र्याउँदै देशको अर्थतन्त्र सुदृधिकरणमा मद्दत पुर्याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै रेमिट्यान्स पठाउँने र पाउने शैलीलाई पूणर्त डिजिटाइज गर्न मद्दत पुर्याउने नै यस अभियानको मुख्य उद्देश्य रहेको छ।
विदेशबाट ई-सेवा मनी ट्रान्सफर मार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा ई-सेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स ई-सेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले गिफ्ट प्याकेज पाउनुहुनेछ भने १ जनाले योजनाको अन्त्यमा काठमाडौंमा सपनाको घर जित्न सक्नेछन्।
ई-सेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ।
ई-सेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई-सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत् पनि रेमिटेन्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।