द टेरेस रिसोर्ट एण्ड स्पाले नयाँ एक्जुकेटिभ सेफको रुपमा दिपक मिश्रालाई नियुक्त गरेको छ।
मिश्रा भारतको उडिसाबाट आएका र उनीसँग हस्पिटालिटी क्षेत्रमा १५ वर्षको अनुभव रहेका रहेको बताइएको छ।
उनको पाककलाको यात्रा भारतको द पार्क, सिंगापुरको मन्डारिन ओरियन्टल, देहरादुनको द भाना रिट्रिटदेखि मे फेयर होटल्स एण्ड रिसोर्ट भुपनेश्वरसम्म फैलिएको बताइएको छ।
रिसोर्टका अनुसार उनी खाद्य सुरक्षा प्रशिक्षण र प्रमाणीकरण तथा जोखिम विश्लेषण र क्रिटिकल कन्ट्रोल सम्बन्धी आधिकारिक प्रशिक्षक समेत रहेका छन्।