आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ।
मंसिर १३ गतेबाट सुरू भएको यस साइबर विक नामक अफरमा ग्राहकहरूले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू खरिद गर्न सक्ने बताइएको छ।
यसका साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १० प्रतिशत छुट (एक हजारसम्म) प्राप्त गर्न सक्छन्।
ग्राहकहरूले सो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउने बताइएको छ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।
आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।