जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा सञ्चालित क्लब, डिस्को तथा रात्रीकालिन व्यवसायको समय तोकेको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्ता रात्रीकालीन व्यवासाय सञ्चालनको समय तोकेको हो।
जसअनुसार अब रेष्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ।
त्यस्तै, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरू बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरू भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको हाे।