आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ।
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका छन्।
मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रूपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका छन्।
बुधबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिटेन्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
आइएमई सबैको माया र विश्वास प्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरू भएको जानकारी गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे।
ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिटेन्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए।
यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम सञ्चालनमा ल्याइएको थियो।
उक्त अफर गत भदै १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात् ६३ दिनसम्म सञ्चालनमा आएको हो।
अफर अनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई २५ हजार रूपैयाँ उपहार स्वरूप प्रदान गरिएको थियो।