नेपालको बियर ब्रान्ड टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियनभन्दा बढी रहेको बताइएको छ।
यस वर्षको टुबोर्ग ओपनको लागि भेकले डेरुलोबाट पाएको निर्देशन तथा सुझावहरू प्रयोग गरी 'खोलौं रमेर' नामक गीत बनाएका हुन्।
जसले युट्युबमा १० मिलियन भ्युज पार गरिसकेको छ र भ्यूज बढ्ने क्रम अझै जारी रहेको कम्पनीले बताएको छ।
टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ।
गत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग संलग्न भई संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेको कम्पनीको भनाइ छ।
टुबोर्गले नेपाललगायत भारत, चीन, टर्की, सेर्बिया साथै अन्य देशहरूमा पनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ।
टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुँदैछ भने नेपालमा यो पाँचौ पटक हो।
टुबोर्ग ओपेनको हरेक वर्ष एउटा फरक थिम हुन्छ। यो वर्षको थिम भने 'टेक द स्टेज' रहेको छ।
जसमा अन्तर्राष्ट्रिय विश्व प्रख्यात कलाकारले उभर्दो स्वदेशी कलाकारहरूलाई उनीहरूलाई कसरी राम्रो गीत बनाउने र सांगीतिक उद्योगमा सफल कलाकार हुने भन्ने विषयमा मार्गदर्शन दिएका छन्।
यस वर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनको लागि लिएको छ भने उनीसँगै जोडिएका छन् नेपालका उदयीमान कलाकार भेक।
उक्त मेन्टरिङ सत्र केही समय अघि लस् एन्जलसमा भएको थियो जहाँ भेकले स्टुडियोमा जेसन डेरुलोसँग समय बिताउने मौका पाएका थिए।