नेपाली ब्राण्ड सिजीले बजारमा थप नयाँ सामग्रीहरू ल्याएको छ।
घरायसी सामग्रीहरूमा नयाँ नयाँ उत्पादन बजारमा ल्याएको कम्पनीले बताएको छ। जसमा वालमाउण्ट १, १.५ र २ टनमा नयाँ एसीहरू थप गरिएको कम्पनीले बताएको छ। यी एसीमा आर-३२ ग्याँसको प्रयोग गरिएको छ।
त्यस्तै ५५ ६५ इन्चका नयाँ मोडलमा टिभीहरू कम्पनीले ल्याएको छ। यी टिभीमा गुगल सर्टिफाइड एन्ड्रोइड ११ सिस्टम छन्। टिभीको स्वरुप पातलो भएका कारण निकै आकर्षक देखिने कम्पनीको दाबी छ। टिभीको पिक्चर क्वालिटी र साउण्ड स्टिम पनि निकै आकर्षक छ।
सिंगल डोर फ्रिजहरूमा पनि सिजीले दुई वटा नयाँ थप फ्रिज ल्याएको छ।
यी फ्रिज आकर्षक रङ र डिजाइनमा उपलब्ध छन्। फ्रिज खरिदमा १० वर्षको वारेण्टी पाइन्छ।
त्यस्तै माइक्रोवेभ वोभनमा पनि नयाँ अकर्षक फुलबुट्टे ओभन थप गरिएको छ। यो ओभन २० लिटरको क्षमतामा छ।
सिजीले साना घरायसी सामग्रीहरूमा पनि नयाँ मोडलहरू थप गरेको छ। वाटर डिस्पेन्सरमा बटम लोडिङ तथा इलेक्ट्रोनिक कुलिङ थप गरिएको छ।
डिस्पेन्सर सिजीको आफ्नै प्रिमियम उत्पादन सेग्मेन्ट, हो। यसमा पानी आउने तीन वटा छुट्टाछुट्टै धाराहरू छन्। जसमार्फत् तातो चिसो पानी आउँछ। पावर, हिटिङ, कुलिङ र पानी भएको वा नभएको समेत जानकारी पाइन्छ।