इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए।
कलेजले बिहीबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो।
समारोहमा विद्यार्थीका अभिभावकको पनि उपस्थिति थियो।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससी (अनर्स) कम्प्युटिङ तह पूरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दीक्षित भएका थिए।
वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ। सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको छ।
बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ। दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै उनले भने, 'तपाईंहरूले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरू त्यस्तै पाउनुहुनेछ, 'ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ। त्यसै गरी सकारात्मक सोचले हाम्रो जीवनमा राम्रो परिवर्तन ल्याउँछ।
दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले आजको युगमा वैदशिक शिक्षा लोकप्रिय बन्दै गएको बताए।
'त्यसैले हजुरहरू जो विदेशिए पनि आफ्नो शिक्षा पुरा गरेर आफ्नै देश फर्कनु होस्, उनले भने, 'देशको विकाशमा योगदान पुर्याउनु होस्।'