एलजीको एयर सोलुसन्स सम्मेलन सम्पन्न भएको छ।
गत शुक्रबार होटल एलफ्ट, काठमाडौंमा एलजीले ऐयर सोलुसन्स सम्मेलन सम्पन्न गरेको हो।
एलजीका विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित व्यवसायमा रहेकालाई यस ऐयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यले उक्त सम्मेलन गरिएको कम्पनीले बताएको छ।
यो सम्मेलन दुई शत्रमा विभिजित रहेको थियो, जस अन्तर्गत पहिलो शत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए।
एलजी ऐयर सोलुसन्स सम्मेलनको दोस्रो शत्रमा 'ऊर्जा दक्षतामा प्रविधिको भुमिका' शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो।
उक्त शत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एच.भि.ए.सी कन्सल्टेन्ट रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टरका सहायक डाईरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट वभुतीमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए।
दोस्रो शत्रको छलफललाई कोरियाका राजदूत पार्क चोङ सुकको विशेष उपस्थिति बिच गरिएको थियो।
चौधरी ग्रुपले एलजीसँग तीन दशकभन्दा बढी व्यवसायीक सहकार्य गर्दै आइरहेको र साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी समयदेखि गर्दै आइरहेको जानकारी रहेको छ।