आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई मंगलबार चेक हस्तान्तरण गरेको छ।
'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले बताएकाे छ।
मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका थिए।
मंगलबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।