स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अफर सार्वजनिक गरेकाे कम्पनीले बताएकाे छ।
यस छुट अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३०० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना पुस २० गतेसम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ९०० रुपैयाँसम्म छुट लिन सक्ने कम्पनीले बताएको छ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)को सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यस अफरअन्तर्गत एक्सप्रेस सुपर मार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।