पछिल्लो समय नेपालमा चर्चित राइड सेयरिङ कम्पनी इनड्राभले दर्ता प्रकृयामा रहेको बताएको छ।
कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराएको हो।
'इनड्राइभले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी रूपमा संस्था दर्ता गराउने प्रक्रियामा छ,' विज्ञप्तिमा भनिएको छ।
कम्पनीले उद्योग विभागमा आवेदन दिएको समेत जनाएको छ।
संस्था दर्ता प्रकृयाका लागि अपेक्षा गरेभन्दा बढी समय लागेको उल्लेख छ।
हाल कम्पनीले चालकहरूबाट कुनै पनि शुल्क नलिएको बताएको छ।
जसबाट मुलुकको अर्थतन्त्र सुधारका लागि सहयोग पुगेको दाबी गरेको छ।
'इनड्राइभको सहयोगमा नेपालीहरूले दैनिक यात्रा गर्दा पैसा बचत गर्न सक्छन्,' विज्ञप्तिमा भनिएको छ, 'जब सुरक्षाको कुरा आउँछ, यो हाम्रो प्राथमिकतामा छ।'