काठमाडौंको भृकुटीमण्डपमा बृहत जुत्ताचप्पल व्यापार मेला भइरहेकाे छ।
जाडो यामलाई लक्षित गरी आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध गराएकाले ग्राहकहरूको भिड लाग्दै गएको आयोजकको जनाएको छ।
लगाउँदा हल्का, लचकदार नेपाली जुत्ताहरू भएकाले किन्न आउने ग्राहकहरूको रोजाइमा पर्ने गरेको हो।
मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाइलाइफ, वान वल्र्ड शुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज र हिमानी कलेक्सनको सहभागिता रहेको छ।
एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोक्ताले छानेर किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तीमा ६ महिनाको वारेण्टी दिइएको आयोजकको भनाइ छ।
ती जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेलाका आयोजक बेम्बोसुजका सञ्चालक सविन कार्कीले बताए उपभोक्ताले खोजेका हरेक भेराइटीका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको उनले जानकारी दिए। मेला पुस १९ गतेसम्म चल्नेछ।