भाट–भटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यो अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा पुस १० गतेदेखि माघ १०गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
डायनामिक क्युआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा जडान भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
भाटभटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरू गरेको कम्पनीको भनाइ छ।
देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास कम्पनीले गरेको छ।