स्मिर्नफ भोड्का अब नेपालमै उत्पादन हुने भएको छ। नेपाल लिकर्सले यो भोड्का नेपालमै उत्पादन गर्ने भएको हो।
यसका लागि विराटनगरमा उत्पादन प्लान्ट स्थापना गरिएको कम्पनीले बताएको छ।
नेपाल लिकर्सका कार्यकारी अध्यक्ष राजेशवीरसिंह तुलाधरले तीन पटक डिस्टिल हुने र १० पटक फिल्टर हने यो भोड्काको उत्पादन र मार्केटिङ नेपालमै थालिएको बताए।
नेपालका लागि स्मिर्नफको ब्राण्ड एम्बेस्टर सुरज सिंह ठकुरी हुने कम्पनीले बताएको छ।
नेपाल लिकर्सले अन्य विभिन्न ब्राण्डका मदिरा नेपालमा बिक्री गर्दै आएको छ।
कम्पनीले एन्टिक्युटी ब्लू ह्विस्की, सिग्नेचर प्रिमियर रेयर ह्विस्की, मिस्टर डोवेल्स नम्बर वान लक्जरी ह्विस्की, ब्लु रिब्यान्ड जिन लगायतका मदिरा बिक्री गर्दै आएको बताएको छ।
यो पटक भने कम्पनीले स्मिर्नफ भोड्का नेपालमै उत्पादन गरेर बिक्री गर्न लागेको हो।
१३० भन्दा बढी देशहरूमा बिक्री भइरहेको उक्त भोड्का नेपालमा तीनवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
७५० एमएलको भोड्काको मूल्य २२ सय रुपैयाँ, ३७५ एमएलको ११ सय रुपैयाँ र १८० एमएलको ५५० रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ।