ई-सेवा मनी ट्रान्सफरले आयोजना गरेको 'मेरो डिजिटल देश' अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ।
विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको डिजिटल रेमिटेन्स कम्पनी ई–सेवा मनी ट्रान्सफरले उक्त अभियान सञ्चालनमा ल्याएको हो।
वैधानिक माध्यमबाट आउने रेमिटेन्स प्रवर्द्धनका लागि ई–सेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको जनाएको छ।
हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरूको उत्साहजनक सहभागीता रहेको कम्पनीले बताएको छ।
यो अभियान आगामी चैत ६ गतेसम्म सञ्चालनमा रहने कम्पनीको भनाइ छ।
यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको ई–सेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्।
साथै, विदेशबाट आएको नगद रेमिटेन्स ई–सेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।
कम्पनीका अनुसार यस अभियानमा सहभागी भइ ई–सेवा मनि ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरूको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
आर्थिक विकास बिना कुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिनै महत्त्वपूर्ण हुने हुनाले कम्पनीले यस अभियान सञ्चालन गरेको हो।
मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीहरूलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिटेन्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए।
यस अभियानमा महानायक राजेश हमाल पनि जोडिएका छन्।
हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिटेन्स सम्बन्धी जागरुकता जगाउने कार्यमा सक्रियता जगाएका छन्।
उनले केही दिन अघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गएर यस अभियानको प्रवर्द्धन गरेका थिए।