सेल्सबेरी डिपार्टमेन्ट स्टोरले वर्ल्डकपलाई लक्षित गरी ल्याएको 'सेल्सबेरी प्रिडिक्ट एण्ड विन २०२२' क्याम्पेनको विजेता विष्णु शर्मा बनेका छन्।
विजेताले पेप्सीकोला स्टोरबाट सामान किनेका थिए।
कम्पनीले विजेतालाई एमआई ६५ इन्च एलइडी टिभी हस्तान्तरण गरेको छ।
कम्पनीले फेसबुक पेज लाइभमार्फत लक्की ड्र गरी विजेता सार्वजनिक गरेको हो।
सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरूमा उक्त क्याम्पेन चलाएको थियो।
यस योजनाअन्तर्गत एक हजार रुपैयाँभन्दा बढीको सामान किनमेल गर्ने ग्राहकहरूले प्रिडिक्ट एण्ड विनमा रहेको प्रश्न 'कस्ले जित्ला वर्ल्डकप २०२२' को उत्तर लेख्नुपर्ने थियो।