अमेरिकी ब्रान्ड 'ब्ल्याक एन्ड डेकर'को उत्पादनहरू विश्व बजारमा लोकप्रिय छन्।
नेपाली बजारमा समेत ब्ल्याक एन्ड डेकरले राम्रो छवि बनाएको कम्पनीका वरिष्ट प्रबन्धक एवम् सेल्स हेड मनमोहन झा बताउँछन्। उनका अनुसार ग्राहकहरू ब्ल्याक एन्ड डेकरको उत्पादन खोजीखोजी आउने गरेका छन् भने उत्पादनहरूबारे सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
'बी प्लस डी अथवा ब्ल्याक एन्ड डेकरको हामीसँग अहिले ६३ भन्दा बढी घरेलु उपकरणहरू छन्। हामी गुणस्तरमा कुनै सम्झौता नगरी सामग्री आयात गर्दै ग्राहकहरूसम्म पुर्याउँछौं,' उनले भने।
हाल ब्ल्याक एन्ड डेकरको उत्पादनहरू चौधरी ग्रुपअन्तर्गत रहेको शाखाले आयात एवम् बिक्री-वितरण गर्दैछ। सिजीले सन् २०२० देखि बी प्लस डीको बिक्री-वितरण सुरू गरेको हो। हालसम्म कम्पनीले ग्राहक माग अनुरुप सामग्री पुर्याइरहेको समेत मनमोहन बताउँछन्।
यतिबेला ब्ल्याक एन्ड डेकरका उत्पादनहरूमा विशेष छुट दिइएको छ। कम्पनीले 'वार्म योर विन्टर' अर्थात् 'जाडो मौसमलाई न्यानो पार्नुहोस्' भन्ने नाराका साथ ग्राहकहरूलाई 'ओएफआर हिटर', 'पिटिसी हिटर' र 'ओटिजी ओभन'को खरिदमा सिजीको पानी तताउने केटल निःशुल्क वितरण गर्दैछ।
'हामी ग्राहकहरूको लागि विभिन्न समय यस्ता योजनाहरू ल्याइरहेका हुन्छौं। यसपालि जाडो मौसम लक्षित अफर सार्वजनिक गरेका हौं,' सेल्स प्रमुख मनमोहन भन्छन्, 'यो अफर आगामी जनवरी ३१ सम्म चल्नेछ।'
उनका अनुसार 'वार्म योर विन्टर' अफर गत पुस ११ गतेदेखि सुरू भएको हो भने यो माग १७ गतेसम्म जारी रहनेछ।
एक महिनाभन्दा लामो यो अफरमा ग्राहकहरूले लाभ दिन सक्ने र ब्ल्याक एन्ड डेकरको समेत बजार प्रवर्द्धन हुनेमा कम्पनी सकारात्मक छ।
जाडो मौसम हुनाले हाल बजारमा उपलब्ध बी प्लस डीका उत्पादनमध्ये ओइल फिल्ड रेडिएटर हिटर, पिटिसी फ्यान हिटर र फ्यान हिटरमा ग्राहकहरूको बढी चासो छ। सुरक्षाको हिसाबमा ओइल फिल्ड रेडिएटर हिटर सबैभन्दा सुरक्षित हुने समेत कम्पनीले जनाएको छ।
यो ओइल फिल्ड रेडिएटर हिटर कम्पनीले सन् २०२० देखि नै बजारमा उपलब्ध गराइरहेको हो। यसले अधिकतम जम्मा २५०० वाट पावर खपत गर्छ भने उपभोक्ताको आवश्यकता अनुसार १५०० वाट, १८०० वाट र २५०० वाटमा चलाउन सक्छन्। यो हिटर बालेर सुत्दा रातिको समयमा पनि समस्या हुँदैन।
त्यस्तै बी प्लस डीको ह्युमिडिफायर पनि निकै लोकप्रिय छ। बी प्लस डीको ह्युमिडिफायरले कोठाको तापक्रम र आर्द्रता सन्तुलित राख्न मद्दत गर्छ। कम्पनीले यो ३,० लिटर र ५.० लिटर गरी दुई मोडलमा बजारमा उपलब्ध गराएको छ।
ब्ल्याक एन्ड डेकरको 'गार्मेन्ट स्टिमिर' पनि पछिल्लो समय बजारमा रुचाइएको उपकरण हो। यो जिएसटिडी२०५०-बी५ र एचएसटी१२००-बी५ गरी दुई वटा मोडल उपलब्ध छन्।
जिएसटिडी२०५०-बी५ बढी व्यवसायिक प्रायोजनको लागि प्रयोग भइरहेको छ भने एचएसटी१२००-बी५ बढी घरमा प्रयोग भइरहेको छ। यी उपकरणहरूको प्रयोगमा लुगा/कपडा खुम्चिएको छ भने त्यसलाई स्त्री गरेको जस्तै देखाउन सकिन्छ।
'अहिले धेरैले एचएसटी१२००-बी५ मोडल झोलामै बोकेर हिड्ने गर्नुहुन्छ। यो पछिल्लो समयको सबैभन्दा रुचाइएको उपकरण हो,' सेल्स हेड मनमोहनले भने।
त्यस्तै बी प्लस डीको एयर फ्रायर (कम तेल वा तेलको प्रयोग बिना नै खाना पकाउन मिल्ने भाडा)को पनि माग राम्रो छ। यो २.५ लिटर, ४ लिटर, ५.८ लिटर र १२ लिटर गरी विभिन्न मोडलमा उपलब्ध छन्। कम्पनीले एयर फ्रायरको मूल्य २० हजार रूपैयाँदेखि तोकेको छ। यसको विशेषताहरूका आधारमा मूल्य फरक पर्छ।
'चिल्लोरहित स्वस्थ खाना खान इच्छुक व्यक्ति वा परिवारहरूको लागि एयर फ्रायर निकै उपयुक्त छ,' सेल्स हेड मनमोहन भन्छन्, 'ब्ल्याक एन्ड डेकरले ग्राहकहरूको स्वास्थलाई ध्यानमा राख्दै सामग्री एवम् उपकरणहरू उत्पादन गर्दैछ। यसको एयर फ्रायरमा पकाएको खानाको स्वाद पनि भिन्न र मिठो हुन्छ।'
नेपालमा बी प्लस डीको अर्को सर्वाधिक रूचाइएको उत्पादन भनेको 'ग्रिल' र 'टोस्टर ओभन (ओटिजी)' पनि हो। कम्पनीले ओटिजीको मूल्य २६ हजार रूपैयाँदेखि सुरू गरेको छ। यसमा इटालियन परिकारहरू सँगै मासु ग्रिल गरेर पकाउन सकिन्छ। कम्पनीको २० लिटरको माइक्रोवेभ ओभन भने २० हजार रूपैयाँदेखि नै खरिद गर्न सकिन्छ।
ब्ल्याक एन्ड डेकरको डस्टबस्टर र कार भ्याक्युम क्लिन पनि बजारमा रुचाइएको छ। डस्टबस्टरले घरको कार्पेटलगायतमा लागेको धुलोहरू सफा गर्न सजिलो हुन्छ भने कार भ्याक्युम क्लिन अहिले धेरै कारवालाहरूको रोजाईको साधन बनेको छ। बी प्लस डीको विभिन्न मोडलमा भ्याक्युम क्लिनहरू उपलब्ध छन्।
यीसँगै नेपाली बजारमा कम्पनीको विद्युतीय प्रेसर कुकर, जसमा हरेक प्रकारको खाना पकाउन सकिन्छ, राइस कुकर, स्यान्डविच मेकर, टोस्टर, ब्लेन्डर, चपर लगायत पनि उपलब्ध छन्। ग्राहकहरूले आफूलाई आवश्यक उपकरण अनलाइन अथवा कम्पनीको पसलमा गएर खरिद गर्न सक्छन्।
ब्ल्याक एन्ड डेकरका वरिष्ट प्रबन्धक मनमोहनका अनुसार कम्पनीले यसको उत्पादनहरूमा दुई वर्षको वारेन्टी र ग्यारेन्टी दिएको छ। ग्राहकहरूले बी प्लस डीको उपकरणहरू खरिद गरेपछिका सुविधाहरूमा पनि कम्पनी केन्द्रित छ।
'सामान्य समस्याहरू भए हामी निःशुल्क मर्मत गर्छौं। कुनै ठूलै समस्या भए ग्यारेन्टीबापत सामग्री सट्टा गर्न पनि मिल्छ,' उनले भने।
सन् १९१० देखि विभिन्न उपकरण उत्पादन गर्दै विश्व बजार पुर्याइरहेको ब्ल्याक एन्ड डेकर एक मल्टिनेसनल कम्पनी हो जसको उत्पादन निकै रुचाइएको छ भने बजार विस्तार बढ्दो छ।