आइएमई पे एप अब नेपाली भाषामा पनि अद्यावधिक भएको छ।
बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि जनताहरूलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो सेवा थप गरेको बताएको छ।
यो सँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो।
अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरूले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ।
पुरानो प्रयोगकर्ताहरूले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन (इएन) संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन्।
नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
यस पछि प्रयोगकर्ताहरूले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नेछन्।
यस एपमा विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्न केबल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्तारूले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने लगायतका सुविधाहरू उपलब्ध छन्।