भुक्तानी सेवा प्रदायक ई–सेवामार्फत एनसेलका कुनैपनि मोबाइल नम्बरमा टपअप गर्दा पुरस्कार जित्न सकिने भएको छ।
ई–सेवामार्फत एनसेल मोबाइलमा जनवरी महिनाभर जम्मा छ सय रूपैयाँभन्दा बढीको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने कम्पनीले बताएको छ।
यसका साथै अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर ई–सेवाले सार्वजनिक गरेको छ।
साथै २०० रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सक्ने कम्पनीको भनाइ छ। यो योजना जनवरी अन्तिमसम्म लागू हुने कम्पनीले बताएको छ।
कम्पनीले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ।
ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई–सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।