अहिले बजारमा उपलब्ध केन्टको वाटर प्युरिफायर धेरैको रोजाईमा पर्न सफल छ। नेपालमा केन्ट उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स हो। सिजीले सन् २०१५ देखि नेपालमा केन्टको विभिन्न उत्पादन बिक्री गरिरहेकाे छ।
कम्पनीका अनुसार केन्टले अहिले नेपाली बजारमा दुई दर्जनभन्दा बढी मोडलको वाटर प्युरिफायर बिक्री गर्दैछ। वाटर प्युरिफायरसँगै घरायसी सामग्रीहरूको पनि बिक्री गर्दैछ। तर बजारमा केन्टको वाटर प्युरिफायर नै सबैभन्दा बढी रुचाइने कम्पनीका नयाँ उत्पादन विकास शाखाका उपप्रबन्धक प्रदीप भण्डारी बताउँछन्।
'अहिलेको समयमा हाम्रो घरकै धारामा आएको पानी पनि प्रशोधन नगरी पिउन सक्ने स्थिति छैन,' उपप्रबन्धक भण्डारी भन्छन्, 'यस्तो अवस्थामा पानी शुद्ध पार्न वाटर प्युरिफायरको निकै आवश्यक छ।'
उनका अनुसार हाल केन्टको ग्रान्ड प्लस जेडडब्लुडब्लू, पर्ल, केन्ट सुप्रिम लाइट र ग्रान्ड स्टार वाटर प्युरिफायर सबैभन्दा बढी रुचाइएको छ।
यीमध्ये सबैभन्दा सस्तो सुप्रिम लाइट हो जसको मूल्य २५ हाजर २९० रूपैयाँ तोकिको छ। यसले प्रति घण्टा २० लिटरसम्म पानीलाई शुद्ध पार्न सक्छ भने ८ लिटरको स्टोरेज क्षमता छ। केन्ट सुप्रिम लाइटले जम्मा ६० वाट विद्युत खपत गर्छ।
त्यसपछि भनेको केन्ट ग्रान्ड प्लस जेडडब्लुडब्लू हो। कम्पनीले यसको बजार मूल्य ३५ हजार ८९० रूपैयाँ तोकेको छ। केन्ट ग्रान्ड प्लस जेडडब्लुडब्लू धाराको पानीलाई पिउन योग्य बनाउन निकै रुचाइएको मोडल हो। यसमा ९ लिटरको क्षमता छ भने एक घण्टामा २० लिटरसम्म पानी प्रशोधन गर्न सकिन्छ। यसले पनि जम्मा ६० वाट मात्रै विद्युत खपत गर्छ भने यसको कुल तौल जम्मा ९.४ केजीको छ।
बजारमा रुचाइएकोमध्ये केन्ट पर्लको मूल्य यतिबेला ३७ हजार ६९० रूपैयाँ छ भने केन्ट ग्रान्ड स्टारको मूल्य ४९ हजार ७९० रूपैयाँ तोकिएको छ। यी मोडलहरू घरसँगै सानो निजी कार्यालयहरूको लागि पनि उपयुक्त हुन सक्छ।
केन्ट आरओ सिस्टम एक भारतीय ब्रान्ड हो। भारतकै कारखानाबाट यसले विभिन्न प्रडक्टहरू उत्पादन गर्दै सार्वजनिक गर्ने हो।
यसको हरेक वाटर प्युरिफायरमा आरओ, युभी, युएफ र टिभिएस कन्ट्रोल दिइएको हुन्छ। आरओले पानीको कडापन हटाउँछ अर्थात् पानीमा भएको खनिज पदार्थ हटाउँछ।
युभी र युएफले पानीमा भएको हानीकारक ब्याक्टेरियाहरूलाई नष्ट गरिदिन्छ भने टिडिएस कन्ट्रोलले पानीको टिडिएस लेभल मापन गर्छ र कन्ट्रोल गर्छ। पानीमा टिडिएस लेभल ५० देखि १५० बीचमा छ भने त्यसलाई शुद्ध र स्वस्थ पानी मानिन्छ। यसले पानीको प्राकृतिक स्वाद पनि कामय गर्छ।
अहिले बजारमा उपलब्ध विभिन्न मोडलको वाटर प्युरिफायरमध्ये केन्टको केन्ट गोल्ड प्लस, केन्ट गोल्ड र केन्ट गोल्ड अप्टिमा बढीजसो ग्रामीण भेगमा बिक्री हुँदैछ। यसको प्रयोगको लागि विद्युतको आवश्यक पर्दैन। गोल्ड प्लस र गोल्डमा २० लिटरको क्षमता छ भने गोल्ड अफ्टिमामा १० लिटरको क्षमता छ। यी सबै मोडलमा युएफ प्युरिफिकेसन प्रविधि पाउन सकिन्छ।
केन्टको वाटर प्युरिफायरको ग्राहकहरू हरेक वर्ग र क्षेत्रबाछ हुने उपप्रबन्धक भण्डारी बताउँछन्। यहाँको वाटर प्युरिफायर एक पटक खरिद गरेपछि फिल्टरहरू समयमै परिवर्तन गरेर १२ देखि १५ वर्षसम्म चलाउन सकिन्छ।
'यस हिसाबमा ग्राहकहरूले केन्टको उत्पादन किफायती नै बताउनु हुन्छ। आफ्नो क्षमता र आयअनुसार विभिन्न मोडलको वाटर प्युरिफायर खरिद गर्नुहुन्छ,' उनले भने। यस हिसाबमा केन्टले अहिले बजारमा राम्रो प्रदर्शनी गरिरहेको उनको भनाइ हो।
तपाईं पनि वाटर प्युरिफायर खरिद गर्ने सोचमा हुनुहुन्छ भने यी हुन् अहिले बजारमा रुचाइएको केन्टको विभिन्न मोडलको वाटर प्युरिफायरः
क्र.म | मोडलको नाम | मूल्य |
१. | गोल्ड प्लस | ६,०९० |
२. | म्याक्स स्टार | २०,४९० |
३. | अल्ट्रा स्टार | १९,४९० |
४. | म्याक्स | १९,४९० |
५. | सुप्रिम लाइट | २५,२९० |
६. | सुपर प्लस | ३१,२९० |
७. | प्राइम | ३३,५९० |
८. | प्राइम टिसी | ३३,५९० |
९. | प्राइड प्लस | ३४,६९० |
१०. | ग्रान्ड विथ अल्कालिन | ३४,६९० |
११. | एक्सेल प्लस | ३४,६९० |
१२. | ग्रान्ड प्लस विथ अल्कालिन | ३४,६९० |
१३. | सुप्रिम एक्स्ट्रा | ३७,३९० |
१४. | पर्ल | ३७,६९० |
१५. | प्राइम प्लस | ४५,०९० |
१६. | सुपर्ब | ४६,१९० |
१७. | ग्रान्ड स्टार | ४९,७९० |
१८. | स्टर्लिङ प्लस | ३७,३९० |
१९. | इलाइट प्लस | ८३,८९० |
२०. | इलाइट २ प्लस | १,२७,०९० |
२१. | पर्क हट एन्ड कोल्ड | १,३७,९९० |