चौधरी ग्रुपले लामो समयदेखि नेपाली बजारमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन भित्र्याइरहेको छ। तिनैमध्ये गत वर्ष मात्रै भित्र्याएको बेको ब्रान्ड पनि एक हो।
नेपाली बजारमा बेकोको वासिङ मेसिन, डिस वासर, एयर कन्डिसनर (एसी), फ्री-स्टान्डिङ ओभन र रेफ्रिजिरेटर (फ्रिज) गरी पाँचवटा सामग्री उपलब्ध छन्। नेपालको लागि बेकोको आधिकारिब आयातकर्ता एवम् वितरक चौधरी ग्रुप नै हो।
बेकोको व्यवस्थापन सम्हालिरहेका वरिष्ठ प्रबन्धक भरत प्रसाद शाहका अनुसार सामग्रीको बनावट, विशेषता र सर्वसुलव उपलब्धताका कारण बेकोको उत्पादनहरूले नेपालमा राम्रो बजार पाएको छ।
'हामीसँग प्रिमियम र इकोनोमिक गरी दुई किसिमका सामग्रीहरू उपलब्ध छन्,' उनी भन्छन्, 'ग्राहकहरूले आफ्नो क्षमता, आवश्यकता र आय अनुसार सामग्री खरिद गर्न सक्नुहुन्छ।'
त्यस्तै बेकोको उत्पादहनहरू घरायसीसँगै कार्यालय प्रयोजनको लागि पनि उपयुक्त छन्। बेकोको एयर कन्डिसनर, डिस वासर, फ्रिज र फ्री स्टान्डिङ ओभन घरसँगै कार्यालयहरूमा पनि प्रयोग भइरहेका छन्।
सिजीले गत वर्ष सबैभन्दा पहिले नेपालमा बेकोको वासिङ मेसिन भित्र्याइएको थियो। एक वर्षको अवधिमा कम्पनीले थप चार सामग्री भित्र्याएयो। अहिले बजारमा बेकोको मल्टी-डोर रेफ्रिजिरेटर पनि उपलब्ध छ।
वरिष्ठ प्रबन्धक भरतका अनुसार करिब ६ महिना अघि बजार भित्रिएको बेकोको फ्री स्टान्डिङ ओभनबारे पछिल्लो समय बजारमा चासो बढेको छ। यो प्रायः मोडुलर किचेन (भान्सा) भएको घरको लागि निकै उपयुक्त छ। यसमा चुलो र ओभन दुवै हुन्छ। अर्थात् यसको माथिल्लो भागमा ४ वटा चुलो छन् भने तल्लो भागमा ओभन पाउन सकिन्छ।
फ्री-स्टान्डिङ ओभन ७२ लिटर र ६६ लिटर गरी दुई मोडलमा उपलब्ध छन्। कम्पनीले यसको सरुआती बजार मूल्य ८० हजार रूपैयाँदेखि तोकेको छ।
त्यस्तै बेकोको वासिङ मेसिन बजारमा सबैभन्दा बढी रुचाइएको उत्पादन हो। यहाँ ७ केजीदेखि १० केजी क्षमतामा उपलब्ध छन्। बजारमा यिनको मूल्य ६० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म तोकिएको छ।
वासिङ मेसिनपछि बजारमा बेकोको डिस वासरको माग राम्रो छ। डिस वासरले घरेलुसँगै कार्यालयहरूको लागि पनि रुचाइने भरत बताउँछन्। कम्पनीले इकोनोमिकमा डिएफएन२८४२०एस र प्रिमियममा डिइएन५९२०डिएक्स मोडल बिक्री गर्दैछ।
डिएफएन२८४२०एसमा १५ सेट भाडा एकैपटक राख्न सकिन्छ। यसको हालको बजार मूल्य करिब ६८ हजार रूपैयाँ तोकिएको छ। १४ सेट भाडा एकैपटक सफा गर्न मिल्ने डिइएन५९२०डिएक्सको बजार मूल्य भने करिब ९० हजार रूपैयाँ तोकिएको छ।
यतिबेला बेकोको एसीबारे पनि मानिसको चासो बढ्दो छ। बजारमा बेकोको १ टन, १.५ टन र २ टन क्षमता भएको मोडल उपलब्ध छन्। यी सबै मोडलले १३५ देखि २६४ भोल्ट पावर खपत गर्छ। १ टन इमता भएको एसीको हालको बजार मूल्य करिब ८५ हजार रूपैयाँ तोकिएको छ। १.५ टन क्षमता भएको एसीको मूल्य भने एक लाख १८ हजार रूपैयाँ र २ टन क्षमता भएको एसीको बजार मूल्य करिब एक लाख ५३ हजार रूपैयाँ तोकिएको छ।
कुनै पनि सामग्री खरिद गरेपछि ग्राहकहरूले खरिद पछिको सुविधालाई पनि ध्यान पुर्याउनुपर्ने भरत बताउँछन्। उनी यस विषयमा सिजी केन्द्रित रहेको दाबी गर्छन्।
नेपालको लागि बेकोको आधिकारिक वितरक चौधरी गुप हो। कम्पनीले करिब एक वर्षअघि बेकोको संसारको १६५ राष्ट्रहरूमा बेकोले राम्रो बजार पाएको उनी बताउँछन्। 'हाम्रो आफ्नै सर्भिस सेन्टर हुनाले हामीले बिक्री गर्ने हरेक उत्पादनमा आत्मविश्वास छौं,' उनी भन्छन्, 'सिजीको उत्पादन र यसले बिक्री गर्ने हरेक ब्रान्डमा बिक्री पछिको सुविधामा सुनिश्चित हुन सक्छौं।'
हाल नेपालभर बेकोको करिब १५० डिलर छन्। कम्पनीका अनुसार हालसम्म बेकोको उत्पादहरूप्रति ग्राहकहरूले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।
नेपाल भित्रिएको छोटो समयमै राम्रो बजार पाएको बेकोले भविष्यमा थप उपत्दानहरू भित्र्याउने योजना बनाएको छ। कम्पनीका वरिष्ठ प्रबन्धक भरतका अनुसार अबको एक वर्षभित्र कम्पनीले थप पाँच वटा नयाँ सामग्री सार्वजनिक गर्ने लक्ष्य राखेको छ।
'हामीले भित्र्याएको ब्रान्ड र सामग्रीहरूमा हामी विश्वस्त छौं। त्यसैले बजार विस्तारमा थप जोड दिनेछौं,' उनले प्रतिबद्धता सुनाए।